Khaptad Organic Nepal

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनाका पीडित परिवार र घाइतेहरूको अवस्था बुझ्न प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सोमबार सर्लाही पुगेका छन् ।

जिल्ला भ्रमणका क्रममा सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका शोकसन्तप्त परिवार, आफन्त तथा उपचाररत घाइतेहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्याबारे जानकारी लिएका हुन् । सो अवसरमा उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरे । साथै, पीडित परिवार र घाइतेहरूका लागि राज्यका तर्फबाट उचित राहत, क्षतिपूर्ति तथा उपचारको प्रबन्ध मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

गत कात्तिक २६ गते काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।