Khaptad Organic Nepal

काठमाडौँ । युएईविरुद्धको महत्वपूर्ण खेलमा मैदानमा उत्रँदै गरेको नेपाली युवा टोली आज पहिलो जितको खोजीमा रहेको छ ।

अन्डर-१९ एसिया कप अन्तर्गत जारी प्रतियोगितामा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आज आफ्नो दोस्रो खेलमा आमनेसामने हुँदैछन् । ओमानको मैदानमा आयोजना भइरहेको यो रोमाञ्चक खेल नेपाली समय अनुसार बिहान १० बजेर ४५ मिनेट जाँदा सुरु हुँदैछ ।

यसअघि सम्पन्न पहिलो चरणका खेलहरूमा दुवै टोलीले पराजय भोग्नुपरेको थियो । नेपाल भारतसँग र युएई पाकिस्तानसँग पराजित भएका हुन् ।

यसै प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले विपिन प्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टिमलाई ओमान पठाएको छ । नेपाली टिममा निरज कुमार यादव, प्रशिद्ध जैसी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सुर्यान्शु कोइराला, अभय यादव, सुशील बहादुर रावल, नितेश कुमार पटेल, सुभम खनाल र सचिन भट्ट रहेका छन् ।

यु-१९ एसिया कपमा नेपालले आफ्नो तेस्रो तथा अर्को खेल आगामी नोभेम्बर १० मंगलबारका दिन पाकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।