काठमाडौँ । मुलुकमा हाल पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावस्वरुप आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने भए पनि तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहनेछ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना औँल्याइएको छ ।
त्यस्तै, रातिको समयमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने अन्य भू-भागको मौसम सफा रहनेछ ।
महाशाखाले बिहानको समयमा तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लाग्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

