काठमाडौँ । दुई दिनसम्म चलेको नेकपा (एमाले) को राष्ट्रिय भेलाले मुलुकको लोकतान्त्रिक प्रणाली असंवैधानिक प्रक्रियाबाट खोसिएको निष्कर्ष निकाल्दै त्यसको पुनर्बहालीका लागि निर्णायक सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बिहीबार काठमाडौँमा सम्पन्न भेलाले पारित गरेको संकल्प प्रस्तावमा राष्ट्र, लोकतन्त्र र पार्टी आन्दोलनको रक्षाका निम्ति जस्तोसुकै त्याग र बलिदान दिन अग्रमोर्चामा उभिने उल्लेख छ ।
विगतको निर्वाचनमा व्यहोर्नुपरेको राजनीतिक धक्कालाई पार लगाउँदै संगठनलाई पुनः सुदृढ बनाउने र पार्टीलाई मुलुकको मुख्य शक्तिका रूपमा स्थापित गर्ने रणनीति भेलाले तय गरेको छ ।
अस्थायी पराजयले समग्र राजनीतिक यात्रा नरोकिने स्पष्ट पार्दै एमालेले आगामी निर्वाचनको जनमतमार्फत आफ्नो शक्ति प्रमाणित गर्ने दृढतासमेत व्यक्त गरेको छ ।

