Khaptad Organic Nepal

काठमाडौँ । चिनियाँ राजदूत चाङ माओमिङसँगको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले तातोपानी सीमा नाका छिटो सञ्चालनमा ल्याउन जोड दिएका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री खनालले नेपाल र चीनबीचको सम्पर्क तथा आवतजावत सहज बनाउन उक्त नाकाको महत्त्व औँल्याएका हुन् ।

रसुवा-भोटेकोसी क्षेत्रमा गएको बाढीले रसुवागढी नाका अवरुद्ध भएको र हिउँदयाममा अन्य उच्च हिमाली नाकाहरू पूर्ण क्षमतामा चल्न कठिन हुने अवस्थालाई उनले ध्यानमा राखेका छन् । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने नाका भएकाले तातोपानीलाई तत्काल सुचारु गर्नुपर्ने उनको धारणा छ ।

‘तातोपानी नाका काठमाडौँसँग सबैभन्दा कम दूरीमा रहेको र यो नाका हाम्रा दुई मुलुकबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकसमेत हो,’ मन्त्री खनालले भने, ‘त्यसैले दुई मुलुकबीचको सम्पर्क सञ्जाल र आवागमनलाई सहज बनाउन यो नाका तत्काल खुलाउन आवश्यक छ ।’

जवाफमा राजदूत चाङले तातोपानी नाका सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् ।

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा बाढीपछिको पुनर्निर्माण, द्विपक्षीय सम्बन्ध, बहुपक्षीयता र आपसी चासोका अन्य विषयमा समेत कुराकानी भएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।