Khaptad Organic Nepal

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपाल छाडेका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको औपचारिक जानकारी गराएको छ ।

पार्टीले बुझाएको विवरणका आधारमा आयोगले मंसिर २ गते ती जनप्रतिनिधिको निर्वाचित पद स्वतः रिक्त हुने निर्णय गरेको हो ।

आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो । पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत गतिविधि गर्दै दल त्याग गरेको व्यहोरासहित जसपा केन्द्रीय समितिले आयोगमा लिखित जानकारी पठाएको थियो ।

पद गुमाउने जनप्रतिनिधिहरू सात जिल्लाका रहेका छन् , जसमा खोटाङका आठ, सिराहाका तीन, पर्साका दुई, इलामका दुई, भोजपुरका एक, उदयपुरका एक र सुनसरीका एक जना छन् । पद रिक्त हुने प्रमुख पदाधिकारीमा लहान नगरपालिकाका उपप्रमुख राम चरित्र महतो, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार मेन्याङ्बो पर्छन् ।

यसबाहेक विभिन्न स्थानीय तहका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य र नगर कार्यपालिका सदस्यको पद पनि रिक्त भएको छ । राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिम सरोकारवाला सबैको जानकारीका लागि आयोगले सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।