काठमाडौँ । प्लेअफको समीकरण रोचक बनिरहँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच महत्त्वपूर्ण भिडन्त हुँदैछ ।
लिग चरणको आ–आफ्नो अन्तिम खेलका लागि यी दुई टोली आज साँझ ५ बजे मैदान उत्रन लागेका हुन् । अंक तालिकामा ६ खेलबाट ९ अंक जोडेको लुम्बिनीले यसअघि नै प्लेअफमा आफ्नो स्थान पक्का गरिसकेको छ ।
अर्कोतर्फ, ६ खेलबाट ६ अंक मात्र बटुलेको विराटनगरका लागि भने आजको खेल गर या मरको अवस्थामा छ । प्लेअफको दौडमा जीवित रहन विराटनगरलाई लुम्बिनीमाथि जित निकाल्नै पर्ने बाध्यता छ ।

