Khaptad Organic Nepal

काठमाडौँ । धार्मिक तथा सांस्कृतिक महत्त्वको छठ पर्व मनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दम्पती आज शनिबार मधेस प्रदेशको राजधानी जनकपुरधाम जाँदैछन् ।

पत्नी निकिता पौडेलका साथ काठमाडौँबाट प्रस्थान गर्न लागेका सभापति लामिछानेले जनकपुरधामस्थित ऐतिहासिक एवं पवित्र गंगासागरमा विधिपूर्वक छठ पूजा गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

सभापति लामिछानेको तीनदिने जनकपुर भ्रमणका क्रममा धार्मिक अनुष्ठानसँगै पार्टीका आन्तरिक भेटघाट तथा शुभकामना आदानप्रदानका कार्यक्रमसमेत तय गरिएका छन् । उक्त भ्रमणमा आवश्यक समन्वय, सहकार्य र उपस्थितिका लागि पार्टीले मधेस प्रदेशअन्तर्गतका सम्पूर्ण तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ ।

पार्टीले सार्वजनिक गरेको तालिकाअनुसार आज कार्तिक २८ गते शनिबार दिउँसो १२:१५ बजे जनकपुर विमानस्थलमा सभापतिको स्वागत गर्ने कार्यक्रम छ । त्यसलगत्तै दिउँसो १:०० बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापति लामिछानेले सम्बोधन गर्नेछन् । दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सोही स्थानको अर्को सभाहलमा पार्टीका सबै तहका पदाधिकारीहरूसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया तय गरिएको छ । साँझ ५:०० बजे छठको खरना पूजा तथा अन्य विधिवत् तयारीका लागि उनी निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्नेछन् ।

भोलि कार्तिक २९ गते आइतबार बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म लामिछाने दम्पतीले धनुषा र महोत्तरीका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलहरूको दर्शन एवं अवलोकन गर्नेछन् । भ्रमण सूचीमा जनकपुरधामको जानकी मन्दिर, मुखियापट्टीको लक्ष्मीनारायण मन्दिर, महोत्तरीको मठियानी लक्ष्मीनारायण मठ मन्दिर र जलेश्वरनाथ मन्दिर, मुजेलियाको रामजानकी मरवा तथा धनुषाधाम मन्दिर रहेका छन् । आइतबार दिउँसो ३:०० बजे पवित्र गंगासागरमा आयोजना हुने छठ पर्वको मुख्य पूजाअर्चना तथा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक अनुष्ठानमा उनीहरू सहभागी हुनेछन् ।

यसैगरी, कार्तिक ३० गते सोमबार बिहान ५:०० बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठको विधिवत् समापन गरेपछि दिउँसो जनकपुर विमानस्थल हुँदै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।