Khaptad Organic Nepal

काठमाडौँ । नेपालको सबैभन्दा पुरानो आधुनिक उद्योग विराटनगर जुट मिललाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा पुनः सञ्चालन गर्न रणनीतिक लगानीकर्ताका लागि आशयपत्र (ईओआई) आह्वान गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहल तथा मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल लिमिटेडले बुधबार (२०८३ मंसिर ९ गते) एक सूचना जारी गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तासँग प्रस्ताव माग गरेको हो ।

जारी सूचनाअनुसार उद्योगको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि इच्छुक तथा अनुभवी लगानीकर्ताले ३५ दिनभित्र आफ्नो आशयपत्र पेस गरिसक्नुपर्नेछ । आधुनिक प्रविधिको प्रयोगसहित मिललाई पुनः लयमा फर्काउने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

दैनिक १२५ मेट्रिक टन उत्पादन र ५ हजार रोजगारीको लक्ष्य

प्रस्तावित कार्ययोजनाअनुसार मिल पुनः सञ्चालनमा आएपछि दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ । उद्योग पूर्ण क्षमतामा चल्दा ५ हजारभन्दा बढी नागरिकले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।

यसका साथै, मिलको स्वामित्वमा विराटनगर र दमकमा रहेका कुल ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणाअन्तर्गत उपलब्ध गराउने योजना अघि सारिएको छ ।

नयाँ लगानीकर्तालाई पुराना दायित्वबाट उन्मुक्ति

लगानीमैत्री वातावरण सिर्जना गर्न मिलका विगतका वित्तीय, प्रशासनिक तथा श्रमसम्बन्धी दायित्वहरूलाई नयाँ लगानी संरचनाबाट अलग राख्ने व्यवस्था प्रस्ताव गरिएको छ । जसअनुसार पुराना ऋण तथा दायित्वहरूको व्यवस्थापन मिल प्रशासन स्वयंले सरकारी सहयोगमा गर्नेछ भने नयाँ भित्रिने लगानीकर्तामाथि विगतको कुनै आर्थिक भार पर्ने छैन ।

त्यसैगरी, औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम लगानीकर्तालाई मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजाने सुविधा तथा सञ्चालनका प्रारम्भिक वर्षहरूमा लिज भाडामा विशेष सहुलियत प्रदान गर्ने प्रस्तावसमेत गरिएको छ ।

एक महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी

वि.सं. १९९३ (सन् १९३६) मा स्थापना भएको विराटनगर जुट मिललाई नेपालको औद्योगिक इतिहासको पहिलो आधुनिक प्रतिष्ठान मानिन्छ । तर, राजनीतिक अस्थिरता र व्यवस्थापकीय कमजोरीका कारण विगतमा पटक–पटक बन्द हुँदै आएको यो उद्योग खुलाउन विभिन्न समयमा प्रयास भए पनि सार्थकता पाउन सकेको थिएन ।

मन्त्री दीपककुमार साहले मन्त्रालयको नेतृत्व सम्हालेसँगै रुग्ण तथा बन्द उद्योगहरूको पुनरुत्थानलाई उच्च प्राथमिकतामा राखेर जुट मिल सञ्चालनको ठोस प्रक्रिया थालिएको बताइएको छ । आशयपत्र पेस गर्ने ३५ दिने म्याद सकिएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने र लगत्तै उद्योग सञ्चालनको कामलाई तीव्रता दिने योजना रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।