Khaptad Organic Nepal

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि ऐतिहासिक जितका साथ आफ्नो पोल्टामा पारेको छ ।

शनिबार सम्पन्न फाइनल भिडन्तमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लामो समयदेखिको उपाधि खडेरी तोडेको हो ।

पहिले ब्याटिङ गर्ने निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ रनको महत्वपूर्ण योगदान दिँदा कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अली सेखले २४ र डिआर्ची शर्टले २१ रन जोडेका थिए । सुदूरपश्चिमको कसिलो बलिङसामु लुम्बिनीका ब्याटर खुलेर खेल्न सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले २ विकेट हात पार्दा हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

जवाफमा १५६ रनको विजयी लक्ष्य सुदूरपश्चिम रोयल्सले आक्रामक ब्याटिङ गर्दै मात्र १३.३ ओभरमा कुनै पनि विकेट नगुमाई सहजै पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा जर्ज मुन्सी नायक बने, जसले ५४ बल सामना गर्दै १२५ रनको विस्फोटक अविजित शतकीय पारी खेले । उनलाई अर्को छेउबाट विनोद भण्डारीले अविजित ३० रन बनाउँदै बलियो साथ दिए ।

यस जितसँगै लगातार दुई संस्करणको फाइनलमा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि चुम्न सफल भएको छ । साथै, अघिल्लो सिजनको फाइनलमा लुम्बिनी लायन्ससँग व्यहोरेको हारको बदलासमेत सुदूरपश्चिमले लिन सफल रह्यो भने लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा पुगेर उपविजेतामै सीमित बन्यो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।