काठमाडौँ । मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण आगामी केही दिनसम्म देशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ । विशेष गरी हिमाली तथा पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहँदा तराईका केही स्थानमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नेछ ।
जाडोयामको सुरुवातसँगै तापक्रम क्रमशः घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

