काठमाडौँ । बालेन्द्र शाहले काठमाडौँ महानगरको प्रमुख पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकालको तीन वर्ष साढे सात महिनापछि आज (आइतबार) पदबाट राजीनामा दिनुभएको हो ।
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नु अघि बालेनले राजीनामा गरेका हुन् ।
बालेनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् । उपप्रमुख डंगोलले बालेनको राजीनामा स्वीकृत गरेकी छन् ।
बालेनले राजीनामा गरेपछि आजदेखि नै रास्वपाको राजनीतिमा सक्रिय हुदैछन् ।



