काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई कुनै पनि प्रकारको सवारी पास आवश्यक नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि २०८२ अनुरुप आयोगले यातायात व्यवस्थापनलाई व्यवस्थित र सेवामैत्री बनाउन यस्तो निर्णय गरेको हो ।
पास आवश्यक नपर्ने सवारीसाधनहरू (सम्बन्धित प्रयोगकर्ताका लागि मात्र) :
- अत्यावश्यक सेवा : दमकल, एम्बुलेन्स, शववाहन र खानेपानीका ट्याङ्कर ।
- खाद्य तथा इन्धन : दूध, फलफूल, तरकारी, माछा-मासु र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन ।
- मर्मत सम्भार : दूरसञ्चार, खानेपानी, विद्युत् र ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन ।
- स्वास्थ्य सेवा : अस्पतालका सवारीसाधन र चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले घरदेखि अस्पतालसम्म आवतजावत गर्न प्रयोग गर्ने गाडी ।
- पर्यटन तथा हवाई यात्रा : हवाई यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र होटलदेखि विमानस्थलसम्म) ।
- विशेष मानवीय अवस्था : * गर्भवती, सुत्केरी र काखमा बच्चा बोकेकी महिला ।
- कीरियापुत्री र शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति ।
- हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक र निजका एक जना सहयोगी ।
- कूटनीतिक र सञ्चार : ‘सिडी’ (CD) नम्बर प्लेट भएका सवारीसाधन, प्रेस पास भएका सञ्चारकर्मी र आयोगबाट अनुमति प्राप्त पर्यवेक्षकका सवारीसाधन ।
विशेष जानकारी : काठमाडौँ उपत्यकाको हकमा सवारी पास जारी गर्नका लागि निर्वाचन आयोग परिसरमा एकीकृत सवारीसाधन आवागमन डेस्क स्थापना गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी हुनुपर्ने पासहरू हाल सोही डेस्कबाट वितरण भइरहेका छन् ।



