काठमाडौँ । कुवेतको हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि ट्रान्जिटमा रोकिएका ६९ नेपाली यात्रुलाई राजदूतावासको समन्वयमा गन्तव्यमा पठाइएको छ ।
कुवेतस्थित नेपाली राजदूतावासले जानकारी दिएअनुसार हवाई क्षेत्र बन्द हुँदा ती यात्रुहरू विभिन्न देश जाने क्रममा कुवेतमै रोकिएका थिए । राजदूतावासले रियादस्थित नेपाली राजदूतावाससँग समन्वय गरी सडक मार्गबाट उनीहरूको यात्रा जारी राख्ने व्यवस्था मिलाएको हो ।
सबै यात्रुहरू सुरक्षित रहेको राजदूतावासले जनाएको छ ।



