काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९६ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहनुभएका उहाँको गएराति भक्तपुरको गट्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
अस्पतालबाट उहाँको पार्थिव शरीर निकालिएको छ भने अध्यक्ष ओली र धर्मपत्नी राधिका शाक्य अस्पताल पुग्नुभएको छ। मोहनप्रसादको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवास लगिनेछ। उहाँको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिने तयारी भइरहेको छ।
ओली परिवारमा परेको यो ठूलो पितृशोकप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।



