काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएपछि चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको छ ।
शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीलाई प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौँ पुर्याएको थियो, जहाँबाट स्वास्थ्य अवस्था जाँच गर्न अस्पताल लगिएको हो ।
मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै चिकित्सकहरूले रगत परीक्षण र भिडियो एक्सरेलगायतका विस्तृत जाँच प्रक्रिया अघि बढाएका छन् । अस्पताल स्रोतका अनुसार उनलाई हाल बेड नम्बर ५०१ मा राखेर उपचार र निगरानी भइरहेको छ ।
कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा प्रहरीले उनलाई भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिएको थियो ।



