काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार बिहान खड्कालाई काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ गरेको हो । ब्यूरोका प्रमुख एआईजी मनोज केसीले खड्काको गिरफ्तारीको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा ऊर्जामन्त्री रहेका खड्काको निवासमा गत भदौ २४ गते भएको आगलागी र तोडफोडका क्रममा स्रोत नखुलेको ठुलो परिमाणको नगद फेला परेको सुरक्षा स्रोतको दाबी छ । यसका साथै लैनचौरस्थित नेपाल स्काउटको सरकारी जग्गा हिनामिना गरेको गम्भीर आरोपमा समेत उनीमाथि सम्पत्ति शुद्धीकरणको पाटोबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



