काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबीच विशेष भेटवार्ता भएको छ ।
आइतबार भएको उक्त छलफलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, न्याय परिषद् तथा न्याय सेवा आयोगका सदस्यहरू र उच्च पदस्थ कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।
छलफल मुख्यगरी न्याय परिषद् र न्याय सेवा आयोगको कार्यसम्पादन र सुदृढीकरणका विषयमा केन्द्रित रहेको मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा आयोग र परिषद्का पदाधिकारीहरूले मन्त्री गौतमलाई सदस्यका रूपमा स्वागत गर्दै आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।
न्याय क्षेत्रको प्रशासनिक सुधार र परिषद्का कामकारबाहीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।



