काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा बुधबार उल्लेख्य वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य एकै दिन प्रतितोला ७ हजार ४ सय रुपैयाँले उकालो लागेको छ । योसँगै आज सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मङ्गलवार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम थियो ।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ । मङ्गलवार प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज १ सय रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।



