काठमाडौँ । नेपाल प्रहरीले अप्रिल फुल (अप्रिल १) को अवसर पारेर एउटा जनचेतनामूलक सन्देश सार्वजनिक गरेको छ ।
प्रहरीले एउटा विशेष क्युआर (QR) कोड सार्वजनिक गर्दै प्रयोगकर्ताहरूलाई झुक्काएको हो । उक्त कोड स्क्यान गर्दा कुनै उपहार वा लिङ्क नभई ‘अप्रिल फुल’ को सन्देश खुल्छ ।
पछिल्लो समय डिजिटल माध्यमबाट विभिन्न किसिमका ठगी र स्क्यामहरू बढिरहेकाले सर्वसाधारणलाई सचेत गराउन प्रहरीले यो शैली अपनाएको हो ।
अपरिचित लिङ्क वा क्युआर कोड स्क्यान गर्दा जोखिम हुन सक्छ भन्ने सन्देश दिनु नै यसको मुख्य उद्देश्य रहेको छ ।



