काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक अनुशासनका विषयमा छलफल गर्न केन्द्रीय अनुशासन समितिको बैठक आज सानेपामा डाकिएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने यो बैठकमा पछिल्लो समय विकसित सांगठनिक विवादका बारेमा समीक्षा हुने बुझिएको छ । विशेष गरी पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार पुनः सोही हैसियतमा विज्ञप्ति जारी गरेपछि पार्टीभित्र नयाँ बहस सुरु भएको हो ।
यसअघि पनि खड्काले कार्यवाहक सभापतिका रूपमा विज्ञप्ति निकाल्दा अनुशासन समितिले उनलाई ध्यानाकर्षण गराउँदै सचेत गराएको थियो । सोही विषयलाई लिएर समितिका सदस्यहरूबीच आज गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।



