काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार , बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो ।
यस वृद्धिसँगै आज बजारमा सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा खरिद-बिक्री भइरहेको छ । अघिल्लो दिन अर्थात् मङ्गलबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ कायम थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य बढोत्तरी भएको छ । महासङ्घका अनुसार चाँदीको भाउ प्रतितोला १ सय ५५ रुपैयाँले बढेर ५ हजार २ सय २० रुपैयाँ पुगेको छ । मङ्गलबार चाँदी प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रभाव स्थानीय बजारमा परेको व्यवसायीहरूले बताएका छन् ।



