काठमाडौँ । वैदेशिक रोजगारीको अवसर खोजिरहेका युवाहरूलाई विभिन्न देश पुर्याउने भन्दै रकम असुली गरेर फरार भएका ६ जना अभियुक्तहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आकर्षक पारिश्रमिकको प्रलोभन देखाएर क्यानडा , अमेरिका र सिङ्गापुर लगायतका मुलुक पठाइदिने विश्वास दिलाउँदै उनीहरूले लाखौँ ठगी गरेको उजुरी परेपछि प्रहरीले कारबाही अघि बढाएको हो ।
पक्राउ पर्नेहरूमा मिलन तिमल्सिना , सिर्जना श्रेष्ठ , अकिन बस्ताकोटी , निशा विक , राजेन्द्र अधिकारी र सागर श्रेष्ठ रहेका छन् । उनीहरूले पीडितहरूबाट व्यक्तिगत रूपमा १ लाखदेखि १२ लाख रूपैयाँसम्म संकलन गरेको पाइएको छ । प्रहरीका अनुसार राजेन्द्र अधिकारीले अमेरिका पठाइदिने भन्दै सबैभन्दा बढी १२ लाख रूपैयाँ ठगी गरेका थिए भने अकिन बस्ताकोटीले कम्बोडियाका लागि ५ लाख ७५ हजार रूपैयाँ लिएको खुलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो । विदेश पठाउने भन्दै पैसा लिएर सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए । प
क्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग , ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।



