Khaptad Organic Nepal

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला समिति बैठकमा तीव्र असन्तुष्टि र विरोध प्रदर्शन भएको छ ।

शनिबार आयोजना गरिएको विस्तारित बैठकमा कार्यकर्ताहरूले चर्को नाराबाजी र होहल्ला गरेपछि तनाबपूर्ण स्थिति सिर्जना भएको हो । रास्वपाले हालै जिल्ला समिति विघटन गरेपछि सुरु भएको आन्तरिक विवाद यो बैठकमा थप उग्र बनेको बताइएको छ ।

पार्टी स्थापनाकालदेखि योगदान पुर्‍याएका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई पाखा लगाएर नेतृत्वले एकलौटी ढंगले आफ्ना मान्छेहरू भित्र्याउन खोजेको भन्दै असन्तुष्ट पक्षले बैठक सुरु हुनासाथ विरोध जनाएका थिए । संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठनबाट विस्थापित गर्न खोजिएको उनीहरूको आरोप छ ।

विवादले उग्र रूप लिएपछि बैठकमा सहभागी हुन पुगेका चार जना सांसदहरूलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित रूपमा बाहिर निकालिएको छ । आक्रोशित कार्यकर्ताहरूको घेराउ र नाराबाजीका बीच सांसदहरू गणेश धिमाल, चन्दन कुमार सिंह, अरविन्द शाह र रहवर अन्सारीलाई सुरक्षा अधिकारीहरूले सुरक्षित स्थानतर्फ पुर्‍याएका थिए ।

संगठनभित्रको यो विवादले रास्वपाको बारा जिल्ला समितिमा आन्तरिक कलह निकै गहिरिएको संकेत गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।