Khaptad Organic Nepal

काठमाडौँ । नेपाली खेलप्रेमीहरूको नजर आज घरेलु मैदानमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको रोमाञ्चक सेमिफाइनल भिडन्ततर्फ सोझिएको छ ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुने उक्त महत्वपूर्ण खेलमा आयोजक नेपालले बलियो प्रतिद्वन्द्वी इरानको चुनौती सामना गर्दैछ । यसअघि आजै दिउँसो २:३० बजे हुने पहिलो सेमिफाइनल खेलमा साविक विजेता भारत र काजकिस्तानबीच प्रतिस्पर्धा हुने कार्यतालिका छ ।

प्रतियोगिताको समूह चरणअन्तर्गत ‘पुल ए’ मा रहेको नेपालले दुई खेलमा जित निकाल्दै ७ अङ्कका साथ उपविजेता बन्दै अन्तिम चारको यात्रा तय गरेको हो । अर्कोतर्फ, ‘पुल बी’ मा आक्रामक प्रदर्शन गरेको इरानले आफ्ना तीनै खेलमा बाजी मार्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

नेपाल भलिबल सङ्घको व्यवस्थापनमा जारी यस प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान, माल्दिभ्स, इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश गरी कुल आठ राष्ट्रले सहभागिता जनाएका छन् । समूह चरणमा नेपालले भारत, किर्गिस्तान र माल्दिभ्ससँगै ‘पुल ए’ मा रहेर प्रतिस्पर्धा गरेको थियो ।

घरेलु कोर्टमा उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिन लागेको १४ सदस्यीय नेपाली टोलीको नेतृत्व निरुता ठगुन्नाले गरिरहेकी छन् । राष्ट्रिय महिला भलिबल टोलीमा कप्तान ठगुन्नासँगै उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ समावेश छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।