Khaptad Organic Nepal

काठमाडौँ । नेपाली भूमिमा आयोजना गरिएको काभा महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक इरानले आफ्नो पोल्टामा पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न फाइनल भिडन्तमा काजकिस्तानमाथि ३–१ को सेटमा रोमाञ्चक जित निकाल्दै इरान च्याम्पियन बनेको हो ।

खेलको पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको इरानले दोस्रो सेट भने १९–२५ ले काजकिस्तानलाई सुम्पन पुगेको थियो । तर, उत्कृष्ट पुनरागमन गर्दै तेस्रो सेट २५–१५ र चौथो सेट २५–२१ ले जित्दै इरानले उपाधि यात्रा तय गर्‍यो । यसअघि सन् २०२५ मा उज्वेकिस्तानमा आयोजित सोही प्रतियोगिताको फाइनलमा घरेलु टोलीलाई स्तब्ध पार्दै इरानले नै ट्रफी उचालेको थियो ।

यसैगरी, शुक्रबार नै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आयोजक नेपाल पराजित भएको छ । चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल काश्य पदक जित्नबाट चुक्यो । घरेलु दर्शकको बलियो साथ पाएको नेपालले पहिलो र दोस्रो सेट क्रमशः २२–२५ र २३–२५ ले गुमाएको थियो ।

तेस्रो सेटमा २५–१५ को उत्कृष्ट जित निकाल्दै खेलमा फर्किने संकेत गरे पनि चौथो सेट २२–२५ ले गुमाएपछि नेपाल चौथो स्थानमा चित्त बुझाउँदै पदकविहीन बन्न पुग्यो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।