Khaptad Organic Nepal

काठमाडौँ । मुलुकभर विभिन्न मौसमी प्रणालीको संयुक्त प्रभावका कारण हिजोआज मौसममा व्यापक बदली र वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र देशको नजिकै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाको प्रभावले देशभरि नै मौसममा फेरबदल आएको हो । अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण रूपमा आकाश बादलले ढाकेको छ ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली रही बाँकी तराई क्षेत्रमा आंशिक रूपमा बादल लागेको छ । हाल कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम खालको वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभरिको मौसम साधारणतया बदली नै रहने अनुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरैजसो स्थानका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

यसैगरी, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा पनि पानी पर्ने विभागले जनाएको छ । वर्षासँगै देशका पहाडी तथा तराईका कतिपय क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

आज राति भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र हिमाली भेगमा साधारण बदली रहने र बाँकी ठाउँमा मौसम आंशिक सफा रहने देखिन्छ । रातिको समयमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा र कोशी, बागमती तथा लुम्बिनी प्रदेशका उच्च हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वाधार छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।