Khaptad Organic Nepal

काठमाडौँ । विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो सफलता हात पार्दै अन्तिम ३२ को यात्रा सुनिश्चित गरेको छ ।

समूह ‘जे’ अन्तर्गत गएराति भएको रोमाञ्चक भिडन्तमा अस्ट्रियालाई २-० गोल अन्तरले पाखा लगाउँदै अर्जेन्टिनाले नकआउट चरणमा स्थान पक्का गरेको हो । उक्त जितमा दुवै गोल कप्तान लियोनेल मेसीले गरे । यससँगै उनले विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालीन खेलाडीको ऐतिहासिक कीर्तिमान समेत आफ्नो नाममा लेखएका छन् ।

३९औँ वर्षमा प्रवेश गर्न लागेका मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याउँदै जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमानलाई भंग गरेका हुन् ।

खेलको ३८औँ मिनेटमा फाकुन्डो मेडिनाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै मेसीले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसअघि खेलको आठौँ मिनेटमा लाउटारो मार्टिनेजलाई डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीको अवसरलाई भने मेसीले सदुपयोग गर्न सकेनन्, उनको प्रहार पोस्टभन्दा बाहिरिएको थियो ।

खेलको दोस्रो हाफको इन्जुरी समयमा जुलियन अल्भारेजको प्रहार अस्ट्रियाका गोलरक्षकले रोकेपछि रिबाउन्ड बलमा मेसीले सानदार गोल गर्दै टोलीको जित सुनिश्चित गरे । जारी विश्वकपको दुई खेलमा मेसीको यो पाँचौँ गोल हो । यसअघि अल्जेरियाविरुद्धको पहिलो खेलमा उनले ह्याट्रिक गरेका थिए ।

खेलको उत्तरार्धमा अस्ट्रियाका मार्सेल साबिट्जरले प्रहार गरेको शक्तिशाली फ्रिकिकलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै खेललाई आफ्नो नियन्त्रणमा राखेका थिए । लगातार दुई जितसँगै ६ अंक जोडेको अर्जेन्टिना समूहको शीर्ष स्थानमा छ भने पराजित अस्ट्रियाको ३ अंक रहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।