काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालका अधिकांश भू-भागमा वर्षा गराउने मनसुनी प्रणाली सक्रिय अवस्थामा रहेको छ ।
देशभर सामान्यतया बदली रही गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कोशी, मधेस र बागमती प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना छ भने लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि पानी पर्ने देखिन्छ ।
यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका थोरै स्थानमा भने भारी वर्षाको समेत जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

