Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा ठूलो पानी पर्ने चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले देशभर मनसुनी वायुको प्रभाव बलियो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । यस्तै मधेस, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पनि केही स्थानमा वर्षाको आकलन गरिएको छ । कोशी, बागमती र गण्डकीका थोरै स्थानमा भने भारी वर्षा हुनसक्ने मौसमविद्को भनाइ छ ।

रातिको समयमा वर्षाको मात्रा थप बढ्ने अनुमान गरिएको छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमतीका एक-दुई स्थानमा त अति भारी वर्षा समेत हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन भनिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ ।

मनसुन थप सक्रिय भई ठूलो वर्षा हुने देखिएकाले पहाडी भू-भागमा पहिरो, गेग्रान बहाव तथा तराईमा बाढी र डुबानको जोखिम बढेको छ । यसबाट दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात र पर्यटन क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले विभागले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।