काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार भारतको कोलकाता बन्दरगाहमा गत असार २६ गते ल्याइएको ३० हजार मेट्रिक टन डिएपी मलमध्ये १ हजार २५० मेट्रिक टन मल साउन १ गते त्यहाँबाट नेपालका लागि हिँडिसकेको छ ।
अन्य बाँकी रहेको मल भने अहिल्यै कोलकाता बन्दरगाहमै प्याक गर्ने काम भइरहेको छ । यसैगरी कोलकाता पुगिसकेको ३० हजार मेट्रिक टन युरिया मलको पनि अनलोडिङ र प्याकेजिङ कार्य जारी रहेकाले भोलिसम्ममा वीरगञ्जका लागि एक रेक लोडिङ गर्ने योजना रहेको कृषि सामग्री कम्पनीले स्पष्ट पारेको छ ।

