काठमाडौँ । रोप्ने समयमा किसानलाई मलको अभाव हुन नदिन सरकारले रासायनिक मल आयात प्रक्रियालाई तीव्र बनाएको छ ।
धान रोपाइँको चटारो चलिरहेका बेला विराटनगर भन्सारमा २५० मेट्रिक टन डीएपी मल आइपुगेको छ भने अन्य क्षेत्रबाट पनि ठूलो परिमाणमा मल नेपाल भित्रिने क्रम जारी छ ।
कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार १२५० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक आज बिहान रक्सौल आइपुग्दै छ । यस्तै, कोलकाताबाट २५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ ।
यसका साथै किसानका लागि अत्यावश्यक मानिने ३० हजार मेट्रिक टन युरिया मल ढुवानीको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

