Khaptad Organic Nepal

काठमाडौँ । पाकिस्तानको इस्लामाबादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आइतबार बंगलादेशको सामना गर्दैछ।

प्रतियोगितामा लगातार तीन हार व्यहोरेपछि गणितीय रूपमा सेमिफाइनल पुग्ने आशा जीवितै राख्न नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ।

प्रतियोगितामा सुखद सुरुवात गर्न नसकेको नेपाल पहिलो खेलमा काजकिस्तानसँग ३–२ र दोस्रो खेलमा श्रीलङ्कासँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो। यस्तै, तेस्रो खेलमा आयोजक पाकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो ।

कप्तान हरिहजुर थापा र मुख्य प्रशिक्षक जगदीश भट्टको नेतृत्वमा रहेको नेपाली टोलीले बंगलादेशपछि आफ्नो अन्तिम लिग खेल उज्वेकिस्तानसँग खेल्नेछ। ६ राष्ट्र सहभागी प्रतियोगितामा लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।