काठमाडौँ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभा बैठक आज अपराह्नका लागि आह्वान गरिएको छ ।
संसद् सचिवालयका अनुसार आज दिउँसो १:१५ बजे बस्ने बैठकका लागि मुख्य दुईवटा कार्यसूची तय गरिएका छन् ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यसका साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन २०८३’ सभा समक्ष पेश गर्ने कार्यसूची समेत निर्धारण गरिएको छ ।

