Khaptad Organic Nepal

काठमाडौँ । देशैभर हाल मनसुनी वायुको प्रभाव कायम छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा अवस्थित रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बदलीको स्थिति छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यस्तै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

यसैगरी आज राति पनि देशभर साधारणतया बदलीकै अवस्था रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपात हुन सक्नेछ ।

कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका धेरैजसो ठाउँ तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागमा समेत मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुनसक्ने पूर्वाअनुमान गरिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।