काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सर्वदलीय बैठक बोलाएका छन् ।
संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान ९ बजेका लागि तय गरिएको उक्त बैठकमा बाढीका कारण बेपत्ता भएकाहरूको खोजी, विस्थापितहरूको राहत र पुनःस्थापनाका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

