Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकाले त्यसको प्रत्यक्ष असर मौसममा देखिएको हो ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । देशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै ठाउँहरूमा अनि मधेश र कोशी प्रदेशका तराई भेगका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ । पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना व्यक्त गरिएको छ ।

त्यस्तै आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थान र कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । तराई क्षेत्रतर्फ मधेश, कोशी, बागमती र गण्डकीका केही तथा लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी प्रदेशका सबै भू-भाग, बागमतीका हिमाली तथा पहाडी भू-भाग, र गण्डकी र लुम्बिनीका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विशेष गरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।