Khaptad Organic Nepal

काठमाडौँ । दुबईमा सम्पन्न महिला एसिया कप क्रिकेटको अन्तिम भिडन्तमा श्रीलंकालाई ७२ रनको फराकिलो अन्तरले पछाडि पार्दै भारतीय टोली च्याम्पियन बनेको छ ।

अघिल्लो संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिँदै भारतले आठौँ पटक एसिया कपको ट्रफी आफ्नो कब्जामा जमाएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८३ रनको बलियो योगफल खडा गरेको थियो । भारतका लागि ओपनर शफाली वर्माले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ६८ रन जोडिन । उनले २४ बलमै अर्धशतक प्रहार गर्दै प्रतियोगिताको इतिहासमै सबैभन्दा छिटो ५० रन बनाउने कीर्तिमानसमेत आफ्नो नाममा लेखाइन् ।

अर्की ओपनर स्मृति मन्धानाले पनि ३९ बलमा ५९ रनको उत्कृष्ट योगदान दिइन् । यी दुईबीच पहिलो विकेटका लागि १२९ रनको साझेदारी भएको थियो ।

१८४ रनको फराकिलो लक्ष्य पछ्याएको श्रीलंका भारतीय बलिङ आक्रमण सामु धराशायी बन्यो । पूरा २० ओभर खेलेको श्रीलंका १११ रनमा अलआउट हुन पुग्यो । श्रीलंकाका लागि कप्तान चमारी अटापट्टुले बनाएको ३६ रन नै टोलीको सर्वाधिक व्यक्तिगत रन रह्यो । बलिङतर्फ भारतकी श्री चरणीले ४ विकेट र दीप्ति शर्माले ३ विकेट लिँदै विपक्षी टोलीलाई लक्ष्यसम्म पुग्न दिएनन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।