Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीको पश्चिम-मध्य भू-भागमा न्यून चापीय प्रणाली सक्रिय रहेको छ ।

उक्त मौसमी प्रणाली थप सशक्त बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ बढ्ने सम्भावना देखिएको छ । अहिले बागमतीसहित पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली छ भने तराईमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा अथवा हिमपातको जोखिम छ ।

यस्तै, मधेश लगायत तराईका भू-भागमा पनि मध्यम वर्षाको आकलन गरिएको छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीको समयमा पनि देशभर मौसम बदली नै रहनेछ। कोशी प्रदेशका धेरैजसो स्थानमा र अन्य प्रदेशका हिमाली तथा पहाडी भेगमा वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागमा मध्यम वर्षा हुन सक्छ। कोशी प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षाको समेत जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।