Khaptad Organic Nepal

बैतडी । बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने चालकसहित छ जना घाइते भएका छन् ।

डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप गए राति करिब आठ बजे अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको हो । दुर्घटनामा परी घाइते भएकी पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा राति ८:३५ बजे निधन भएको हो ।

सोही दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–२ का २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम रहेको र अन्य तीन जना सामान्य अवस्थामा उपचाररत रहेको प्रहरीले जनाएको छ । यस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।