Khaptad Organic Nepal

काठमाडौँ । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले यहाँको ऐतिहासिक धरोहर, मौलिक संस्कृति, प्राकृतिक भूगोल र आर्थिक सम्भावनालाई देशभर फैलाउने प्रधानमन्त्री बालेन्द्र शाहले विश्वास व्यक्त गरेका छन् ।

प्रतियोगितामा देशभरबाट आठ हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, खेल अधिकारी तथा पदाधिकारी कर्णालीका विभिन्न जिल्लामा सहभागी हुनेछन् । यति ठुलो सङ्ख्यामा खेलकर्मी र सरोकारवालाको उपस्थितिले खेलकुदको विकाससँगै प्रदेशको चिनारी र सम्भावनालाई उजागर गर्न सघाउ पुग्ने उनको भनाइ छ ।

नयाँ प्रतिभाको पहिचान, खेलाडीलाई नियमित प्रतिस्पर्धाको वातावरण र खेलकुद पूर्वाधार निर्माणमा यो प्रतियोगिता कोसेढुङ्गा बन्ने प्रधानमन्त्री शाहले बताएका छन् । प्रतियोगितालाई भव्य र सफल बनाउन स्थानीय बासिन्दा तथा सर्वसाधारणको सक्रिय साथ र सहयोग आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रतियोगिताअन्तर्गतका मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि सञ्चालन हुनेछन् भने औपचारिक उद्घाटन समारोह मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा आयोजना गरिनेछ ।

विसं २०३८ मा प्रत्येक दुई वर्षमा गर्ने उद्देश्यले सुरु गरिए पनि हालसम्म नौ संस्करण मात्र सम्पन्न हुनुलाई प्रधानमन्त्री शाहले चिन्ताको विषयका रूपमा लिएका छन् । भविष्यमा राष्ट्रिय खेलकुदलाई नियमित रूपमा सञ्चालन गर्न तथा यसको गुणस्तर र दायरा फराकिलो बनाउन सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता उनले जनाएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।