काठमाडौँ । शुक्रबारको सेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ओरालो यात्रा कायम रहँदै ८.५७ अंकको गिरावट आएको छ । उक्त कमीसँगै नेप्से परिसूचक २६२८.१७ विन्दुमा अडिएर बन्द भएको छ ।
कारोबार अवधिभर ३५३ वटा कम्पनीका एक करोड ३१ लाख ९८ हजार ७५७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ । समग्र बजार राताम्मे हुँदा बैंकिङ र निर्जीवन बिमा समूहबाहेक अन्य सबै उपसमूहको सेयर मूल्यमा गिरावट देखिएको छ ।
कम्पनीगत प्रदर्शनतर्फ एनआइसी एसिया बैंकको सेयर मूल्य ६.०८ प्रतिशतले वृद्धि भई शीर्ष स्थानमा रहँदा लक्ष्मी मन्डु हाइड्रोको सेयर ४.७६ प्रतिशतले उक्लिएको छ । अर्कोतर्फ सोपान फार्माको सेयर मूल्य भने ५.३७ प्रतिशतले घटेर सबैभन्दा बढी गुमाउने कम्पनी बनेको छ ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक २४ करोड ९९ लाख रुपैयाँसहित अग्रस्थानमा रह्यो भने ग्लोबल आइएमई बैंकले २१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

