युनिकोड
Khaptad Organic Nepal

जनकपुरधाम । नापी तथा मालपोतसम्बन्धी सेवा एक महिनाभित्रै स्थानीय तहबाट प्रवाह गर्ने गरी व्यवस्थापकीय तयारी तीव्र पार्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निर्देशन दिएकी छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषामा आज आयोजित एक छलफल कार्यक्रममा मन्त्री रावलले सरकारको तोकिएको समयसीमाभित्रै सेवा हस्तान्तरण गरिसक्न कर्मचारीहरूलाई सचेत गराएकी हुन् । भूमि समस्या समाधान समितिको कार्यप्रगति र स्थानीय तहमा सेवा हस्तान्तरणको पूर्वतयारीबारे जानकारी लिँदै उनले आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्थापन तत्काल मिलाउन आग्रह गरिन् । सामान्य प्रशासनिक कामका लागि पनि सर्वसाधारणले जिल्ला सदरमुकाम धाउनुपर्ने विद्यमान बाध्यता अन्त्य गरी गाउँघरमै सहज सेवा उपलब्ध गराउनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा मन्त्री रावलले दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्रै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) उपलब्ध गराउने गरी कार्यसम्पादन गर्न भूमि समस्या समाधान समितिलाई निर्देशन दिइन् । भूमिसम्बन्धी समस्याको निरूपण गर्दा वास्तविक लाभग्राहीको पहिचान गर्नुपर्ने उल्लेख गर्दै उनले निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्न तथा कुनै पनि बहानामा ढिलासुस्ती नगर्न आग्रह गरिन् ।

सुशासन र पारदर्शितालाई सरकारले आफ्नो मूलमन्त्र बनाएको स्पष्ट पार्दै मन्त्री रावलले यस विषयमा कुनै सम्झौता नहुने बताइन् । सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, सरल र प्रभावकारी बनाउने मुख्य दायित्व कर्मचारी प्रशासनको काँधमा रहेको उनको भनाइ थियो । सरकारी सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याउने सरकारी योजना सफल बनाउन सबै तहका कर्मचारी र स्थानीय जनप्रतिनिधिबीच बलियो समन्वय आवश्यक रहेको उनले औँल्याइन् ।

उक्त छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नापी तथा भूमि प्रशासन कार्यालयका प्रमुख एवं भूमि समस्या समाधान समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।