काठमाडौँ । उज्यालो नेपाल पार्टीले लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यलाई पार्टीको केन्द्रीय नेतृत्वमा भित्र्याएको छ । वरिष्ठ अर्थशास्त्री तथा विकास विज्ञसमेत रहेका बज्राचार्यलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारीसहित आबद्ध गराइएको हो ।
पार्टी अध्यक्ष कुलमान घिसिङले शिक्षा, अर्थतन्त्र, अनुसन्धान र संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव सँगालेका बज्राचार्यलाई खादा ओढाएर स्वागत गरेका छन् ।
अध्यक्ष घिसिङका अनुसार बज्राचार्यको प्रवेशले पार्टीको केन्द्रीय तहलाई थप अनुभवी, प्राज्ञिक र बलियो बनाउन मद्दत पुग्नेछ । साथै, यसबाट पार्टीको नीति निर्माण तथा राष्ट्र निर्माणको अभियानलाई समेत नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको उनले उल्लेख गरेका छन् ।

