युनिकोड
Khaptad Organic Nepal

काठमाडौँ । दुनैमा आयोजित निःशुल्क स्वास्थ्य शिविरका अवसरमा डोल्पाका आर्थिक रूपमा कमजोर तथा जेहेनदार विद्यार्थीलाई एक करोड १४ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरिने घोषणा भएको छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति तथा नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले शुक्रबार उक्त घोषणा गरेका हुन् ।

एसईई परीक्षा उत्तीर्ण गरेका डोल्पाका विद्यार्थीले स्वास्थ्य शिक्षाका छ वटा विभिन्न विषय अध्ययन गर्न सकून् भन्ने उद्देश्यले यो छात्रवृत्ति ल्याइएको हो । काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत छात्रवृत्ति सुविधा उपलब्ध गराइने डा. शर्माले जानकारी दिए । कर्णाली क्षेत्रका दुर्गम बस्तीसम्म निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्ने अभियानअन्तर्गत सो शिविर सञ्चालन गरिएको थियो ।

विपन्न वर्गका नागरिकलाई शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा अवसर दिलाउनुपर्ने धारणा राख्दै डा. शर्माले स्वास्थ्य शिविरमा आउन नपाएका थप १०० जना बिरामीको केएमसीमा निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, पाँच जना बिरामीको मिर्गौला प्रत्यारोपण पनि निःशुल्क गरिने उनले बताए । उपचारका लागि काठमाडौँ आउने बिरामीलाई पाँच लाख रुपैयाँ बराबरको औषधि व्यक्तिगत खर्चमा उपलब्ध गराउने तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई भर्ना भएदेखि डिस्चार्ज नहुँदासम्म खानाको प्रबन्ध मिलाउने घोषणा समेत उनले गरेका छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना र केएमसीको समन्वयमा भएको उक्त शिविरमा एकै दिन करिब दुई हजार सर्वसाधारणले विशेषज्ञ चिकित्सकीय सेवा तथा परामर्श लिएका छन् । विकट भूगोल र सीमित आर्थिक स्रोतका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट टाढा रहेका बासिन्दालाई लक्षित गरिएको शिविरमा बिहानैदेखि महिला, बालबालिका र ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो । डा. शर्मालाई स्वागत गर्न स्थानीय बासिन्दा तथा नेता–कार्यकर्ताको समेत बाक्लो उपस्थिति रहेको थियो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।