Author: khaptadm-admin

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आफ्नो सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार सभापति रवि लामिछानेको अध्यक्षतामा आज बिहान ११ बजे बैठक बस्न लागेको हो । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा आयोजना हुने यस बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, सांगठनिक गतिविधि र आगामी कार्यदिशाका विषयमा छलफल हुने एजेन्डा रहेको छ ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि सुरु भएको वडा अधिवेशन आज देशभर सम्पन्न हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारसम्म ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सकिसकेको छ । अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्य भइरहेको छ । ताप्लेजुङ, पाँचथर, झापा, काठमाडौँ, कास्की, कैलाली लगायतका ४३ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने रसुवा, नुवाकोट र धादिङबाहेकका ३१ जिल्लामा आइतबार पनि प्रक्रिया जारी रहने जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा भने स्थानीय अवस्था हेरेर अधिवेशन सञ्चालन गरिनेछ । देशभरका ६ हजार ७४३ वडाबाट विधानअनुसार ८५ हजार ४३४ जना प्रतिनिधि निर्वाचित हुनेछन् । वडा…

Read More

काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर २० का दिन मनाइने विश्व सरसफाइ दिवसका अवसरमा यस वर्ष ‘सफा थालनीदेखि सफा सहरसम्म’ भन्ने मूल नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदैछ । खाद्य वस्तुको अनावश्क बर्बादी नियन्त्रण गर्ने, उपलब्ध स्रोतको उपयोगिता बढाउने र पुन:प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यस पटकको अभियान केन्द्रित गरिएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले सन् २०२४ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२२ सम्ममा विश्वभरका घरायसी, खुद्रा व्यापार तथा खाद्य सेवा क्षेत्रबाट मात्रै करिब १ अर्ब ५ करोड टन खानेकुरा खेर गएको पाइएको छ । एकातिर विश्वका धेरै मानिसहरू अझै पनि भोकमरीको मारमा परिरहेका छन् भने अर्कातर्फ खाद्य…

Read More

आजको राशिफल बिस २०८३ असोज ४ गते आइतबार ईस २०२६ सेप्टेम्बर २० नेपाल सम्बत ११४६ ञलाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र कृष्ण पक्ष नवमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सौभाग्य योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५१ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०५ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मविश्वास बढ्नेछ र काममा नयाँ गति आउनेछ। कार्यक्षेत्रमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्ने अवसर मिल्न सक्छ। तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ। व्यापारमा नयाँ ग्राहक वा कारोबार…

Read More

काठमाडौँ । संविधान दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकबाट भ्रष्टाचार र दण्डहीनता पूर्ण रूपमा निर्मूल पार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारको जरा कतिपय ठाउँमा गहिरो भए पनि त्यसलाई उखेलेर फ्याँक्न अहिले राज्य संयन्त्र र नागरिक तह दुवैबाट बलियो प्रयास भइरहेको स्पष्ट पारे । सुशासनबिना देशमा समृद्धिको आधार खडा हुन नसक्ने भन्दै उनले सरकारले प्रशासनिक क्षेत्रमा व्यापक सुधार, शून्य सहनशीलताको नीति र योग्यताका आधारमा नियुक्तिको परिपाटी बसाल्न थालेको दाबी गरे । प्रशासनिक संयन्त्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै सुशासनलाई केवल भाषणमा नभई व्यावहारिक काममा उतार्न सरकार लागिपरेको प्रधानमन्त्रीको भनाइ…

Read More

काठमाडौँ । संविधान दिवसका अवसरमा शीतलनिवासमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशका सबै राजनीतिक दल तथा सरकारलाई संविधानलाई केवल अक्षरमा मात्र सीमित नराखी जनताको दैनिकीमा महसुस गराउनेतर्फ ध्यान केन्द्रित गर्न जोडदार आग्रह गरेका छन् । उनले जनउत्तरदायी, पारदर्शी र नागरिक सर्वोच्चताको सिद्धान्तलाई पूर्ण रूपमा अङ्गीकार गर्ने शासन व्यवस्थाबाट मात्रै संविधानले परिकल्पना गरेका उपलब्धिहरूको वास्तविक रक्षा हुनसक्ने स्पष्ट पारे । संविधान घोषणा भएको लामो समय बितिसक्दा पनि नागरिकका मूलभूत आकाङ्क्षाहरू पूर्ण रूपमा सम्बोधन हुन बाँकी रहेकोतर्फ सङ्केत गर्दै उनले लोकतन्त्रको जग बलियो बनाउनका लागि पनि संविधानको इमानदार र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको औँल्याए ।

Read More

काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौला समूहको बहुप्रतीक्षित नयाँ चलचित्र ‘छ माया छपक्कै २’ आगामी दसैँको अवसर पारेर असोज ३१ गते (फूलपाती) देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ । शनिबार निर्माण पक्षले सार्वजनिक गरेको पहिलो झझल्को (पोस्टर) मा मुख्य कलाकारहरू दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईलाई फरक शैलीमा उतारिएको छ । पोस्टरमा केकी र सनिशा दुवैलाई गर्भवती रूपमा देखाइएको छ भने उनीहरूको माझमा दीपकराज गिरी भगवान् श्रीकृष्णको अवतारमा बाँसुरी बजाइरहेका भेटिन्छन् । यो दृश्यले फिल्म हास्यरस र सामाजिक विषयवस्तुमा आधारित रहेको सङ्केत गर्छ । दीपेन्द्र लामाको निर्देशन तथा दीपकराज गिरीको लेखनमा बनेको यस चलचित्रमा निर्मल शर्मा, कर्मा…

Read More

काठमाडौँ । हिमाल आरोहणको शरद् ऋतु (अटोमन सिजन) सुरु भएसँगै नेपालका विभिन्न हिमाल चुम्न विदेशी तथा स्वदेशी आरोहीहरूको उत्साहजनक उपस्थिति देखिएको छ। पर्यटन विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार यस याममा विभिन्न ५५ वटा आरोहण टोलीका ५७९ जना आरोहीले अनुमति लिइसकेका छन् । यसरी आरोहण अनुमति दिँदा सरकारलाई १५ लाख ४६ हजार ९४३ अमेरिकी डलर (करिब २३ करोड ५१ लाख ८३ हजार रुपैयाँ) रोयल्टी संकलन भएको छ। अनुमति लिनेहरूमा ४३२ पुरुष र १४७ महिला आरोही रहेका छन् । यसपटक पनि आरोहीहरूको पहिलो रोजाइमा ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल परेको छ । कुल आरोहीमध्ये मनास्लुका लागि मात्रै ४१ टोलीका ४९३…

Read More

काठमाडौँ । अमेरिका र डेनमार्कबीच ग्रिनल्यान्डको सुरक्षा व्यवस्थालाई लिएर एक नयाँ सहमति कायम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड नियन्त्रणमा लिने चेतावनी दिएपछि सिर्जित कूटनीतिक तनावका बिच यो नयाँ द्विपक्षीय समझदारी बनेको हो । उक्त सहमतिले अमेरिकालाई ग्रिनल्यान्डको सुरक्षा प्रणाली तथा अन्य आवश्यक क्षेत्रमा स्थायी पहुँच र नियन्त्रणको अधिकार दिने राष्ट्रपति ट्रम्पको भनाइ छ । यता डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले भने यो सम्झौताले आर्कटिक र उत्तर एट्लान्टिक क्षेत्रको सुरक्षालाई थप सुदृढ बनाउने स्पष्ट पारेकी छन् । यस कदमबाट डेनमार्कको सार्वभौमसत्ता र ग्रिनल्यान्डका जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुरक्षित रहने उनले बताइन् । सहमतिअनुसार रुस र चीनजस्ता गैरनाटो राष्ट्रहरूलाई…

Read More

काठमाडौँ । चीनको औपचारिक भ्रमण पुरा गरी प्रधानसेनापति महारथी अशोकराज सिग्देल शनिबार स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्न बलाधिकृत रथी प्रदीपजङ्ग केसी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजित तेह्रौँ स्याङसान मञ्चमा सहभागिता जनाएका थिए । सोही अवसरमा उनले चिनियाँ रक्षामन्त्रीका साथै त्यहाँका उच्च सैनिक अधिकारीहरूसँग बेग्लै भेटवार्तासमेत गरे । भ्रमणका क्रममा उनले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, विभिन्न सैनिक तालिम तथा शिक्षण संस्था र सैनिक एकाइहरूको निरीक्षण तथा अवलोकन गरेका थिए । प्रधानसेनापतिको यस भ्रमणले नेपाल र चीनबीच रहिआएको सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धका साथै दुवै देशका सेनाबीचको सहकार्यलाई थप बलियो र सुमधुर बनाउन मद्दत पुग्ने…

Read More