२८ भदौ, काठमाडौं। काठमाडौंका पाँच क्यासिनोले काठमाडौं महानगरपालिकालाई मनोरञ्जन कर तिरेका छन् । कामपाका अनुसार उनीहरुले ६६ लाख मनोरञ्जन कर तिरेका छन् । त्यसैगरी काठमाडौं फन पार्कले मनोरञ्जन कर १७ लाख तिरेको छ ।
म्यारियटको डेल्टिन क्यासिनोले २१ लाख, होटल अन्नपूर्णको क्यासिनो प्यालेसले ११ लाख, हयातको प्राइड इन्टरटेन्मेन्ट एन्ड रिक्रिएसनले ९ लाख ८९ हजार, सोल्टीको महजोङ इन्टरटेनमेन्टले ९ लाख ९३ हजार र मल्ल होटलको बेलिन क्यासिनोले १३ लाख रुपैयाँ कर बुझाएको छन।
कामपाले यसअघि यी क्यासिनोलाई मनोरञ्जन कर तिर्न एक साताको अल्टिमेटम दिएको थियो । रेडिसन होटलको क्यासिनो रेट र याक एण्ड यतिको रोयल क्यासिनो हाल सञ्चालनमा नआएकाले कर नतिरेको महानगरले जनाएको छ ।