११५ वर्षीय मानबहादुर राईले इलाममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान गर्नुभएको छ ।
फाकफोकथुम गाउँपालिका-७ निवासी राईले सिंहदेवी मावि शिकारी भञ्ज्याङको मतदान केन्द्रमा मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
राईको जन्म विसं १९६४ मा तत्कालीन एकताप्पा गाविस-५ इलाममा भएको उनको नागरिकतामा उल्लेख छ ।