काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ ।
दाहालको निवास खुमलटारमा भएको भेटमा उनीहरुबीच सरकारको काम कारबाही र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो ।
नयाँ प्रधानमन्त्रीलाई भेट्न नेता ओली खुमलटार पुगेका थिए ।
यसअघि प्रधानमन्त्रीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका थिए ।
नेकपा एमालेसहित सात राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवारको समर्थनमा दाहाल केही दिनअघि ४४औँ प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
उनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आफ्नो बहुमतको दाबी गर्न प्रतिनिधिसभाका १६९ सदस्यको समर्थन जुटाएको हो ।