काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आइतबार इन्धनको मूल्यको नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । पाक्षिक मूल्यसूची अनुसार मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
आईओसीले इन्धनको मूल्य बढाए पनि निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने स्पष्ट पारेको छ । निगमले आइतबार सार्वजनिक सूचना जारी गर्दै तत्काल इन्धनको मूल्य नबढाउने जनाएको छ ।
नेपालको सरकारी स्वामित्वमा रहेको तेलको एकाधिकारका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजेलमा प्रतिलिटर ०.९५ रुपैयाँ, हवाई इन्धन (एटीएफ) प्रतिलिटर ४.१३ रुपैयाँ र एलपीजी ग्याँसमा प्रति सिलिन्डर रु ७८.२२ ले मूल्य बढाएको हो । तर, निगमले मट्टितेलको नयाँ मूल्य तोकेको छैन ।
यद्यपी नेपालमा भने निगमले तत्काल मूल्य नबढाउने जानकारी गराएको छ । हाल एलपी ग्यासमा प्रतिसिलिण्डर ३५९.५० रुपैयाँका दरले घाटा भएकाले पेट्रोल, डिजेल र मट्टिटेलकमा हुने केही नाफालाई गणना गर्दा निगमलाई १५ दिनमा अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।
एनओसीले आईओसीलाई १८ अर्ब रुपैयाँको बक्यौता तिर्न बाँकी छ ।